प्रदीप अभिनयबाटै अगाडि


बुटवल जन्मेर बर्दियामा हुर्की काठमाडौंलाई कर्मथलो बनाउँदै आएका प्रदीप बास्तोला मूलतः अभिनेता हुन्। तर, उनको परिचय केवल अभिनेतामा मात्र सीमित छैन। ३१ वर्षीय बास्तोलाले टेलिभजन कार्यक्रम प्रस्तोता, गीतकार, फिल्म लेखक, म्युजिक भिडियो र सट फिल्म निर्देशकजस्ता परिचय स्थापित गरेका छन्। तर, मुख्य पेसा भने कलाकारितालाई बनाउँदै आएका छन्।

गीत र फिल्म लेखन, टेलिभिजन कार्यक्रम सञ्चालन, म्युजिक भिडियो र सर्ट फिल्म निर्देशन मेरो सहायक क्षेत्र हुन्। मुख्य ध्येयचाहिँ अभिनयमै छु बास्तोला भन्छन्। बाल्यकालमा सादा टेलिभिजनमा महाभारत, रामायण, शक्तिमानजस्ता हिन्दी सिरियल हेर्दाहेर्दै प्रदीपमा कलाकार बन्ने भूत कहिले चढ्यो, उनैलाई थाहा भएनछ। ञटेलिभिजनमा सिरियल हेरिन्थ्यो। सिरीयलहरुको क्योरेक्टर आफुमा आएको होे कि भन्ने भान हुन्थ्यो। राजेश हमाल, शाहरुख खानहरुको फिल्म हेरिन्थ्यो, एक किसिमको जोश बढेर आउँथ्यो।

पछि गएर थाहा भयो कलाकारितामा लाग्ने संकेत रहेछ त्योु प्रदीप रमाउँदै भन्छन् ञकाठमाडौंमा अभिनेता, कार्यक्रम प्रस्तोता र निर्देशक मामा नवराज आचार्यसँग बस्दाबस्दै मभित्र कति बेला कलाकारिताले प्रवेश गरिसकेछ, थाहै भएन। उहाँकै ज्ञात अज्ञात प्रेरणाले म विस्तारै कलाकारितामा आए। मामासँग बस्ने क्रममा प्रदीपले नवराजकै सिरियल घरबेटी बाको निर्माणमा सघाए। मामाले बनाएको सिरियल कलेजमा मूख्य भूमिकमा पनि खेले। त्यहीँबाट शुरु भयो प्रदीपको अभिनय यात्रा। कलेजको निक भन्ने पात्रमा उनले गरेको अभिनय युवा पुस्ताले निकै रुचाए। कलेजको निक पात्रबाट लोकप्रियता कमाएपछि प्रदीपलाई अभिनय गरियर अगाडि बढाउन सजिलो भयो। उनी विस्तारै म्युजिक भिडियोमा समेत रुचाइएको अभिनेता तथा मोडल बन्न पुगे। यस क्रममा उनी म्युजिक भिडियोमा छाउन पुगे। काम गर्दै जाँदा उनले २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो प्रतिभा प्रदर्शन गरेर दर्शकको मन जितेका छन्।

मामा नवराज आचार्यले नै बनाएको फिल्म कलिउडमा अतिथि भूमिकामा अभिनय गरेका प्रदीपले ठूलो पर्दाको फिल्ममा अभिनय गर्न भने अडिसन दिनुपड्डयो। ञअडिसन दिनुको मज्जा बेग्लै छ। अडिसनबाट छानिनुको मज्जा अझ बेग्लै छु प्रदीप सुनाउँछन्। उनी अडिसनबाटै अधकट्टी नामक फिल्मका लागि छानिए। पत्रकार सुव्रत आचार्यले आफ्नो डेब्यु निर्देशनको फिल्म अधकट्टीमा उनलाई नायकका रुपमा डेब्यु गराए। भाग्यकै कुरा, फिल्म रिलिज हुनु अगावै प्रदीपले त्यसको मेरो फिगर कोकाकोला बोलको गीतबाट लोकप्रियता कमाए। उनलाई सबैले मेरो फिगर कोकाकोलामा डान्स गर्ने हिरो भनेर चिन्न थाले। उनले त्यसबाट कुशल अभिनय क्ष्ँमता भएको नायकका रुपमा समेत आफूलाई परिचित गराउन सफल भए। अर्को फिल्म शुभ लभमा निर्वाह गरेको इन्टागोनिस्टको भूमिकाले पनि उनको अभिनय क्षमताको प्रशंसा भयो।

फिल्ममा गरेको अभिनयबाट प्रशंसा पाइरहेका प्रदीपले टेलिभिजनमा कार्यक्रम पनि चलाए। यस क्रममा पछिल्लोपटक बुगी वुगी नामक टेलिभिजन रियालीटी शोको प्रस्तोताका रुपमा रुचाइएका उनी फिल्म लेखनमा पनि दख्खल राख्छन्। तर पनि उनको ध्यान भने अभिनयतिरै हुने गर्छ। यतिसम्म कि कलिउड फिल्म लेख्ने क्रममा निर्माता निर्देशकलाई कथा सुनाउँदै जाँदा उनले त्यसको नायकको रुपमा आफैलाई सिफारिस गरेका थिए। सिफारिश सुनेर निर्माता अचम्ममा परेका थिए भने निर्देशक आचार्य मौकाको गलत फाइदा उठाउने भन्दै रिसाएका थिए। ञहामीकहाँ नयाँ अनुहारलाई मौका दिऊँ भन्ने कसैलाई मतलब हुँदैन। मतलब हुन्थ्यो त चलेकै कलाकारलाई लिएर फिल्म चलाउने। अवस्था यस्तो थियो कि हिरो हुन आफै पैसा हाल्नुपथ्र्यो। ममा त्यो क्षमता थिएन। तर, अब भने मैले आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकाले त्यस्तो अवस्था छैनु प्रदीप भन्छन्।

त्यसो त प्रदीपले सामाजिक सचेतनाका लागि अखेत, दर्पणजस्ता नाटकहरुमा पनि अभिनय गरेर आफूलाई बहुआयामिक कलाकार भएको पनि प्रमाणित गराइसकेका छन्। उनी अभिनयमा त क्ष्ँमतावान साबित भएकै छन्, यसबाहेक आधा दर्जनभन्दा बढी म्युजिक भिडियो र १ दर्जन जति नै छोटो फिल्म निर्देशन गरेर कुशल निर्देशक पनि भएको साबित गराउन सफल भएका छन्। एउटा सफल र टिकाउ कलाकार हुनका लागि अभिनय क्षमतासँगसँगै आत्म अनुशासन पनि हुनुपर्ने उनको भनाइ छ। ञअभिनय गर्ने सबै कलाकार अभिनेता र अभिनेत्री हुन्। त्यसैले म आपूलाई नायकभन्दा पनि अभिनेता भन्न रुचाउँछु। एउटा अभिनेता वा अभिनेत्रीले जस्तोसुकै अभिनय पनि सरल र सहज ढंगले गर्न सक्छु प्रदीपको भनाइ छ।