प्रताप दासको एक्लो साँझ


गायक प्रताप दासको स्वरमा एक्लो साँझ बोलको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
गीतमा विष्णु खरेलको शब्द रचना रहेको छ भने संगीत शिखर सन्तोषले भरेका छन्।

गीतमाथि आकर्षक म्युजिक भिडियो बनेको छ। छायांकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियो निर्देशक नितिन चन्दले निर्देशन गरेका छन्। सार्वजनिक म्युजिक भिडियोमा मोडलद्वय विष्णु खरेल र उषा उप्रेतीलाई फिचर्ड गरिएको छ।