फुर्वालाई सर्वोच्च स्थानमा प्रमाणपत्र लिने अर्को रेकर्ड


केवल एक अक्षर मात्रै प्रयोग गरी गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान बनाएका गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले सोही रेकर्डको आधिकारिक प्रमाणपत्र विश्वको सर्वोच्च स्थानमा लिने व्यक्तिको नयाँ रेकर्ड बनाएका छन्।

शेर्पा आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन्। उनले हालै सगरमाथाको बेसक्याम्पमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड कायम गरेका हुन्। शेर्पा सन् २००४ मा गीत एक अक्षरको नामक एल्बममा देवनागरी लिपिको एक अक्षर मु मात्रै प्रयोग गरी गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए। आप्mनो सो गीतलाई युकेको वल्र्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार गरेको पूmर्वाले जानकारी गराएका छन्। यसैको आधिकारिक प्रमाणपत्र वल्र्ड बुक अफ रेकर्डले शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्वकै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्डसमेत उनले बनाएका हुन्।