माछी जालैको स्टुडियो भिडियो


गायक सन्तोष फागोको प्रस्तुतिमा पूर्वेली गीत ए माछी जालैमा स्टुडियो भिडियो रिलिज भएको छ।

गीतमा शब्द रचना दीपेन्द्र खड्काको छ भने लय स्वयं दीपेन्द्र खड्का र सन्तोष फागोको रहेको छ। गीतमा गायक तथा संगीतकार कृष्णभक्त राईले संगीत संयोजना गरका छन्। गायक सन्तोष फागोलाई स्वरमा गायिका सुनिता थेगिमले साथ दिएकी छिन्।

स्टुडियो किध्र र सेवा रेकर्ड स्टुडियोमा छायांकन र रेकर्ड गरिएको गीतको भिडियो वीरेन मादेनले खिचेका हुन्। सिमिक्लुध्र दर्पण युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोको सम्पादन मनोज राईले गरेका छन्।