लेडी गागाद्वारा बलात्कारबाट गर्भवती भएको खुलासा



कलाकारले विभिन्न किसिमको समस्याको सामना गर्नुपरेका घटना बेला–बेलामा बाहिर आइरहन्छन्। खासगरी यस्ता समाचार हलिउड फिल्म उद्योगबाट धेरै नै आउने गरेका छन्। अभिनेत्रीहरुले कामको क्रममा कास्टिध्र काउचको शिकार हुनुपरेका विभिन्न घटनाको खुलासा गरिरहेका छन्। कतिपय अभिनेत्रीको अनुभव अचम्म लाग्दा हुने गर्छन्। यसैबीच, हलिउडकी चर्चित गायिका लेडी गागाले आप्mनो संगीत यात्राको शुरुआती दिनमा एक संगीत निर्माताले आफूमाथि गरेको यौन शोषणको बारेमा खुलासा गरेकी छिन्, जुन सुनेर जो कोहीलाई आश्चर्यमा पार्छ।

हालै एक अन्तर्वार्तामा गागाले आफू १९ वर्षको हुँदा यौन शोषणमा परेको र त्यसपछि आफू गर्भवती भएको बताएकी छिन्। ञम त्यो बेला संगीतमा भर्खर भर्खरै काम गर्दै थिएँ। कामको क्रममा एक संगीत निर्माताले पटक–पटक मलाई आप्नाे कपडा उतार्न भनिरहे। मैले इन्कार गरे र त्यहाँबाट गएँ। फेरि उनले मेरो सबै संगीत जलाईदिन्छु भने र उनी रोकिने जस्तो देखिएनन् गागाले अन्र्तवार्तामा खुलासा गरेकी छिन् ञउनले बारम्बार मलाई पहिलेकै कुरा भनिरहेका थिए। म त्यही रहन बाध्य भएँ। त्यसपछि के भयो मलाई याद छैन।

३५ वर्षकी गायिकाले उक्त घटनापछि आफू गर्भवती भएको र डिप्रेसनको शिकार भएको त्यस त्यस घटनाबाट बाहिर आउन धेरै समय लागेको बताएकी छिन्। गागाले आफूले उक्त व्यक्तिको नाम लिन नचाहने र उक्त व्यक्तिसंग आमनेसामने गर्न नचाहेको बताएकी छिन्। ओपरा फ्रिन्से तथा प्रीन्स ह्यारीको नयाँ टेलिभिजन सिरिज द मि यु कान्ट सिको पहिलो एपिसोडमा उनले आफूमाथि भएको घटनाको बारेमा खुलासा गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्