सोनम कपुरले प्लाज्मा डोनेसनलाई बढावा नदिने


बलिउड अभिनेत्री सोनम कपुरले प्लाज्मा डोनेसनलाई बढावा नदिने बताएकी छिन्।सोनमले आईसीएमआर (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च) को निर्देशनको पालना गर्दै प्लाज्मा डोनेसनसँग जोडिएको अपिललाई बढावा नदिने सामाजिक सञ्जालबाट जानकारी गराएकी हून्।

पछिल्ला केही महिना बलिउका थूप्रै कलाकारले कोरोना महामारीमा अक्सिजन, प्लाज्मा डोनेसन र अस्पतालमा शैय्या उपलब्धताको पूर्तिका लागि निकै प्रयास गरेका थिए। भारत कोरोना महामारीको दोस्रो लहरमा गूज्रिरहेको छ। यो महामारीमा बलिउडका धेरै कलाकारले अगाडि आएर मद्दत पूड्डयाएका थिए। अब भने भारत सरकारले नै कोरोना संक्रमितलाई प्लाजमा डोनेसनको आवश्यकता नभएको जनाएको छ। भारत सरकारले यो कोरोना भाइरस उपचारको हिस्सा नभएको भन्दै अब अस्पतालहरुमा शैय्या र अक्सिजनको उपलब्धता बढाउन ध्यान केन्द्रित रहेको जनाएको छ।

त्यसैले सोनमले इंस्टाग्राममा लेखेकी छिन् ञएम्स र आईसीएमआरको निर्देशनअनूसार म प्लाजमा डोनेसनसँग जोडिएको पोस्ट गर्ने छैन। यद्यपि म अस्पतामा शैय्या र अक्सिजन मेसिनको लागि अनूरोधको निवेदनलाई हाइलाइट गरिरहनेछू। म सबैलाई निवेदन गर्दछू कि कृपया आप्mनो ध्यान राख्नूस्। घरमा रहनूस् र भ्याक्सिन लिनूस्। आशा गर्दछू कि यो कठिन समयमा म इन्स्टाग्रामको माध्यमबाट मानिसहरुको सहायता गर्न सक्छू। सोनम कपूर पछिल्लो केही समयदेखि लन्डनमा छिन्। उनले लन्डनबाटै सामाजिक सञ्जालमा तस्वीर र भिडियो सेयर गरेर आफूले कसरी समय बिताइरहेको छू भन्ने जानकारी गराइरहेकी छिन्।