प्रतिमाको माया लाइसक्यो


गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली माया लाइसक्यो म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ। प्रतिमालाई स्वरमा प्रवीण भेटवालले साथ दिएका छन्।

सप्तक म्यूजिकको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गीत किसन सूवेदीले लेखेका हून् भने संगीत सिएल शर्माले भरेका छन्। वीरेन्द्र धामीले निर्देशन गरेको गीतको म्यूजिक भिडियो पनि उनैले खिचेका छन्। गीतको म्यूजिक भिडियोमा कूशल सिंहको कोरियोग्राफी रहेको छ।

गीत र यसको म्यूजिक भिडियोमा यूवापूस्ताको माया प्रेमको विषय समेटिएको छ। गीत केही अघि नै तयार भए पनि कोरोना महामारीका कारण भिडियो छायांकन रोकिँदा सार्वजनिक गर्न ढिलाइ भएको गायिका प्रतिमाले बताइन्। ञपहिलो प्रयास भए पनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हूँदा यसबाट निकै उत्साही र आशावादी छूु प्रतिमाको भनाइ छ।