भर्चुअल बहस गरेर मनाइयो चलचित्र पत्रकारिता दिवस


चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन पारेर मनाउँदै आएको चलचित्र पत्रकारिता दिवसका अवसरमा भर्चूअल बहस आयोजना गरेको छ। संघको २२औं वार्षिकोत्सव तथा १९औं चलचित्र पत्रकारिता दिवस गत शूक्रबार भर्चूअल माध्यमबाट सम्पन्न गरिएको हो। संघले फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा संघका विभिन्न शाखाका अध्यक्ष एवं संघका पदाधिकारी र सदस्यहरुको सहभागितामा भर्चूअल बहसको आयोजना गरेको हो।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा फिल्म पत्रकारिता र फिल्म जगतका विविध विषयमा बहस गरिएको थियो। सो अवसरमा हाल अमेरिकामा रहँदै आएका संघका संस्थापक अध्यक्ष भरत शाक्यले अमेरिकाबाटै जूम बहसमा सहभागी हूँदै महामारीका बीच संघका सदस्यको आर्थिक र स्वास्थ्य अवस्थालाई मजबूत बनाउँदै फिल्म पत्रकारिताको नयाँ गन्तव्य खोज्नूपर्नेमा जोड दिए। त्यसैगरी, संघका पूर्वअध्यक्ष विदूर गिरीले संघ प्रशासनमा दर्ता भएको दिनलाई आधार मानेर हरेक वर्षको जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवसका अवसरमा विषम परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न सम्भव नभए पनि कम्तिमा यस अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान र पूरस्कारको घोषणा गर्न संघ चूकेको औंल्याए।

फिल्म पत्रकारका लागि चलचित्र पत्रकारिता दिवस दशैंजस्तै ठूलो पर्व हो। तर, अहिलेको यो विषम परिस्थितिमा भौतिक रुपमा कार्यक्रम गर्न सम्भव नभए पनि कम्तिमा सम्मान र पूरस्कारको घोषणा गरेर फिल्म पत्रकारहरुको उत्साह बढाउने काममा संघ चूकेको छ। निफजस्तो पा∫च दिने कार्यक्रम भर्चूअलरुपमा हून सक्यो भने सम्मान र पूरस्कार घोषणा गर्न संघ किन चूक्योु गिरीले भने– ञसंघले यथाशिघ्र सम्मान र पूरस्कारको घोषणा गरी अनूकूल समयमा कार्यक्रम आयोजना गरोस्।ु जूम बहसका होस्ट तथा संघका महासचिव समीर बलामीले गत वर्ष र यस वर्ष कोरोना महामारीका कारण सम्मान र पूरस्कार प्रदान कार्यक्रम गर्न नसकिएको जनाउँदै अवस्था सामान्य भएपछि कार्यक्रम आयोजना गरी सम्मान र पूरस्कार प्रदान गरिने जनाए। संघका अध्यक्ष दिनेश सिटौलाले फिल्म क्षेत्रलाई चलायमान बनाउन सम्पूर्ण संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए।

प्रमूख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र पत्रकारिताकै कारण नेपाली फिल्म क्षेत्र आजको अवस्थामा पूग्न सफल भएको चर्चा गर्दै एक अर्कामा सहयोगी भावनाका साथ अगाडि बढ्नूपर्नेमा जोड दिए। संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटाले अवस्था सामान्य भएपछि संघको क्रियाशीलता देखिनूपर्नेमा जोड दिए। चलचित्र समीक्षक समाजका अध्यक्ष तथा फिल्म निर्देशक दीपेन्द्र लामाले यो विषम परिस्थितिमा फिल्म क्षेत्रका विभिन्न पाटाको अध्ययन गरी समाचार सम्प्रेषण गरिनूपर्ने चर्चा गरे। नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजूलीले भ्रामक समाचारलाई प्रश्रय नदिन सूझाए भने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष फिल्म पत्रकारिताबाटै यो क्षेत्रले उन्नति गरिरहेको र आगामी दिनमा पनि त्यसको अपेक्षा गरेको बताए। भर्चूअल कार्यक्रममै विविध विषयमा अन्तक्र्रियासमेत गरिएको थियो।