प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । ओली नेपालबीच शुक्रबार साँझ ६ बजे भेटवार्ता हुने बताइएको छ ।

वार्तामा नेपाल समूहका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन् । एमालेका दुई समूहबीच बिहीबार पनि भेटवार्ता भएको थियो । सो वार्तामा दुई पक्षबीच सहमति भएसँगै नेपाल समूहका सांसदहरुले राजीनामा दिएका थिएनन् ।