ओली-नेपाल वार्ता सकियो, माधव नेपाल भन्छन् : ‘दुई/चार दिनका लागि राजीनामा ट-याे’



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा छलफल भैरहेकाले तत्कालका लागि राजीनामा टरेको बताएका छन् । आफ्ना मागहरु यथावत रहेको र सकारात्मक सोचेर छलफल केही दिन अघि बढाउने उनले बताए । यद्यपि नेता नेपालले राजीनामा दुई चार दिनका लागि टरेको प्रतिक्रिया दिए ।

बिहीबार चपली हाइटस्थित विवादास्पद व्यवसायी रामेश्वर थापाको घरमा भएको अध्यक्ष केपी शर्मा ओली र नेपालबीच वार्ता भएको थियो। उनले आफूहरुका माग सम्बोधन नभए फेरि राजीनामा दिने तर्फ संकेत गरेका छन् । यसअघि बिहीबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्