काठमाडौंमा मात्र २७३३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २७३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै आज उपत्यकामा ३ हजार ५ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

बिहीबार देशभर थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।