देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

0
Shares

काठमाडौँ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । कांग्रेस आफ्नो नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन लागि परेको छ ।

बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिए । यसअघि देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।

भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेका छन् ।