प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

बिहिबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै अध्यक्ष ओलीले नेता नेपाललाई भेटवार्ताका लागि आग्रह गरेका थिए ।

स्रोतका अुनुसार व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको जनाइएको छ ।