ओली जेठ २ मा फर्किए सहमति हुने नेपाल समूहको निर्णय, माग पूरा नभए राजीनामा

0
Shares

काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ को अवस्थामा फर्किन तयार भए मात्र सहमति गर्ने निर्णय गरेको छ ।

नेपाल समूहका नेताबीच आज भर्चुअल माध्यमबाट बसेको बैठकले अध्यक्ष ओली सहमत नभएमा आजै राजीनामा दिने चेतावनी समेत दिएको छ ।

यस्तै, आज बिहान मात्रै बालुवाटारमा बसेको ओली समूहको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । कारबाही फिर्ता गरेसँगै अध्यक्ष ओलीले नेपालसँग भेटवार्ताका लागि प्रस्ताव समेत राखेका थिए । जसमा नेता नेपाल पनि भेटवार्ताका लागि सहमत भएको जनाइएको छ ।