कोरोनाका कारण एमाले प्रदेश कमिटी सदस्यको मृत्यु

0
Shares

विमल विष्ट, डोटी ।

दोस्रो चरणको कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवा नेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रम भइ थप उपचारका लागि कैलालीमा लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।

लामो समय राजनिती इतिहास बोकेका काठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवा नेताका रुपमा चिनिदै आउनु भएको छ । उहाँको मृत्युले सिंगो नेकपा एमाले डोटी सहित प्रदेश कमिटि स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “कठायत जी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता थिए, उहाँको दुःखद निधनले पार्टीलाई अतुलनिय क्षति भएको छ ।” केही दिन पहिले कोरोना परिक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँ सहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।