बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी


न्युज अफ नेपाल ,काठमाडौ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल-खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था २०७५ जेठ २० मा पुग्नु पर्ने अडान नेपाल-खनाल समूहको छ । ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल-खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली छन् । यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेललगायतका नेताहरू पनि अहिले छलफलमा जुटेको बताइएको छ ।

नेपाल पक्षका कम्तीमा १६ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या घट्ने र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि विपक्षी गठबन्धनलाई बहुमत पुग्ने आकलन भइरहेको छ।