कोरोना संक्रमणबाट वर्ल्डलिङ्कका सह-संस्थापक जलानको निधन


न्युज अफ नेपाल,काठमाडौं ।

वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका सहसंस्थापक तथा निर्देशक विजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ ।

कोभिड संक्रमित ४६ वर्षीय जलानको उपचारका क्रममा बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो । वैशाख १५ गते नर्भिकमा परीक्षण गराउँदा उनमा कोभिड १९ संक्रमण देखिएको थियो ।

गत १८ वैशाखमा अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनहरुमा सुधारोन्मुख रहेको थियो । बुधबार बेलुकी भेन्टेलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो ।

तर सुधारोन्मुख अवस्थामा फर्किसकेका जलानको आज बिहान अचानक मृत्यु भएको हो ।