एमाले विवादमा आइसब्रेकको झिनो सम्भावना


काठमाडौं  ।

नयाँ सरकार गठननिम्ति दलहरूले बहुमत पुर्याउने समयसीमा सकिने अन्तिम दिन एमालेभित्रको विवाद मिलाउन अधिकतम प्रयत्न शुरु भएको छ ।

०७५ जेठ २ आसपासको स्थितिमा पार्टीलाई पुर्याउन केपी ओली तयार हुनुभएको सन्देश बोकेर हिजो राती गोकुल बाँसकोटा माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।

त्यस अवसरमा गोकर्ण बिष्टको समेत उपस्थिति थियो । अहिले अर्थमन्त्री बिष्णु पौडेल माधवकुमार नेपालसङ्ग त्यसैगरी वार्तारत हुनुहुन्छ । हिजो बेलुका प्रधानमन्त्रीले गरेको धेरै वटा फोन कल नेपालले रिसिभ गर्नुभएको थिएन । नेपालले आज बिहान १० बजे सभामुखसँग भेट्न समय लिइसक्नु भएको छ ।