कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन


न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको छ । श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिएका छन् ।