उपत्यकामा अत्यावश्यक बाहेकका कार्यालय बन्द,अनावश्यक हिडडुलमा प्रतिवन्ध


न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द हुने भएको छ ।  काठमाडौ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गरिएको जनाएको छ ।

प्रशासनले दुई साता निषेधाज्ञा लागाउँदा पनि कोरोना बढ्दो क्रममा रहेकाले अत्यावश्यक बाहेक सरकारी सार्वजनिक कार्यालय बन्द गर्ने र अनावश्यक हिडडुलमा समेत प्रतिवन्ध लगाएको हो

यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो । “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने-गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”, प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।