रथारोहणमा एकमत, रथयात्रामा अनेक मत


सुनील महर्जन, ललितपुर

बुंगद्यों अर्थात् रातो मच्छिन्द्रनाथको रथारोहण बुधबार सम्पन्न भयो । रथयात्राभने अनिश्चितबनेको छ । कोरोना संक्रमितहरूको बढ्दै गएको जोखिमलाई मध्यनजर गर्दै सीमित मानिस मात्र बसेर साँझ ६ः१५ बजे रातो मच्छिन्द्रनाथलाई पुल्चोकमा बनाइएको रथमा विराजमान गराइएको थियो ।

यसअघि,तबहालमा राखिएकोमा रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ३२ फिट उचाइ रहेको रथमा राखिएको हो । यसपटक कोरोनाका कारण परम्परागत बाजागाजा बजाइएको थिएन । गुरुजुको पल्टन पनि सीमित मात्र उपस्थित भएका थिए ।परम्परा अनुसार रथारोहण गराइएको चार दिनभित्रमा रथयात्रा गर्नुपर्ने परम्परा रहेको छ । यस अनुरूप आउँदो शनिबार रथयात्रा गर्नुपर्ने हुन्छ । निषेधाज्ञाको समय त्यसमाथि कोरोना महामारीले गर्दा परिस्थिति भयावह बन्दै गएको अवस्थामा सांकेति करूपमा गर्न जिल्ला प्रशासन कार्यालयले सरोकारवालालाई सुझाव दिएको छ । सो सुझाव अनुसार सांकेतिक रूपमा रथयात्रा गर्ने कि नगर्ने विषयमा सरोकारवालाबीच छलफल भइरहेको छ ।रथयात्राकालागिगतचैत्र २५ गतेदेखि सरोकारवालालगातार बैठक बस्दै आएको थियो । गतवर्ष रथ बनाउनेदेखि यात्रासम्मभएका घटनाको समीक्षागर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले पटकपटक सरोकारवालाको बैठक राखेको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बढी भीडभाड नगरी रथ रथयात्रा गर्ने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताउँदै आउनुभएको थियो । यसअघि, बसेका सबै बैठकको निर्णय भन्दा फरक किसिमले हिजो छलफल गरियो ।

गत आइतबार ज्यापु समाजको भवनमा बसेको बैठकले पनि रथयात्रा गर्न सरोकारवालाहरू एकमत देखिएका थिए । विभिन्ननाका बन्द गर्दै सीमित मानिसहरूमात्र भेलाभएर रथयात्रा गर्ने निर्णय सार्वजनिक गरिएको थियो । निषेधाज्ञामा विभिन्ननाकाहरू बन्द गरी रथ तान्ने योजना बनाइरहेको ज्यापु समाजयलका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । तर,त्यसको चार दिनपछि परिस्थिति भयावह बन्दै गएको भन्दै सांकेतिक रूपमा गर्नुपर्ने धारण राखेको ज्यापु समाजका महर्जनले बताउनुभयो । यस निर्णयप्रति रथ बनाउने यँग्वाल, बाराही भित्रभित्रै असन्तुष्टि देखिएका छन् । ‘रथयात्रा सांकेतिकरूपमा गर्ने हो भने ५०, ५५ लाख खर्च गरेर रथ नै किन बनाउन प-यो । अर्कोतर्फ कोरोना महामारीको बेला रथयात्रा एक दुई महिनाको लागि स्थगित गर्न सकिन्छ । यो विकल्प छँदाछँदै सांकेतिक रूपमा रथ यात्रा गर्ने निर्णयमा किन पुगे ?’ –रथ बनाउने यँग्वालहरू भन्छन् ।जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले रथयात्रा सांकेतिकरूपमा गर्ने निर्णय गरिएको गुठी संस्थान ललितपुरका प्रमुख खिमावलीले जानकारी दिनुभयो ।