टिकटकले पूरा गरिदियो सगुनको गायिका बन्ने चाहना



भूपराज बस्याल

माजिक सञ्जालको बढ्दो प्रयोगले समाजमा विभिन्न असरहरू पारेको देखिन्छ। कतै त्यसको सकारात्मक असर देखिन्छ भने कतै नकारात्मक।हरेकव्यक्तिभित्र राम्रो नराम्रो दुवै गुुण लुकेको हुन्छ।

बुटवलकी ११ वर्षीया बालिका सगुन आचार्यको गायिकाबन्ने चाहनात्यही सामाजिक सञ्जालले पूरा गरिदिएको छ। पछिल्लो समय छोराछोरी समानभन्ने चेतना आइसक्दा गाउँका रोधीघर लोप भइसकेकाले बालबालिकाको प्रतिभा प्रस्तुतगर्ने स्थानको कमी भएको छ। कहिलेकाहिँ स्कुलमा हुने कार्यक्रमले बालबालिकाको प्रतिभा समेट्न भ्याउने कुरै भएन। यी सबैलाई पछाडि पारेको छ हालको प्रविधिले।प्रविधिको सहीप्रयोग गर्न जाने हिजोआजआफ्नो प्रतिभा प्रस्तुतगर्न कसैको सहाराको आवश्यकता पर्दैन। तिनैमध्येकी एक हुन् सगुन आचार्य। गायिकाबन्ने ठूलो रहर बोकेकी बुटवल देवीनगरकी ११ वर्षीया सगुनआचार्यले आफ्ना मनमा आएका विषयलाई गीतमार्फत प्रस्तुत गर्दै सामाजिक सञ्जाल टिकटकमा राख्दै आएकी थिइन्। उनले टिकटकमा प्रतिभा प्रस्तुत गर्ना साथ लाइक र कमेन्ट गर्नेको ओइरो लाग्छ। हरेक जवाफलाई गीतमा प्रस्तुतगर्न सक्ने उनको प्रतिभाको सबै निकै प्रशंसक भेटिन्छन्।

टिकटकमा मात्रै गीतगाएर कलाकार बनिँदैन भन्ने बुझेकी ती बालिकालाई साँच्चिकै गायिका बन्ने चाहनाले कहिल्यै छोडेन र अन्ततः उक्त चाहना पनि पूरा भएको छ।पहिलो पटक एपीवान टेलिभिजनको जुनकिरी दोहोरी कार्यक्रममा गायक बालचन्द्र बरालसँग घम्सा घसी दोहोरी खेल्न राजधानी आएकी गायिका सगुनले काठमाडौंको दुर्गन्ध देखेर आश्चर्य मान्दै ठूलाबडा बस्ने ठाउँ भनेको यस्तो फोहोर पो हुँदो रहेछ भन्दै गीतसमेत प्रस्तुत गरेको टिकटकमा भेटिन्छ। टेलिभिजनको एउटा कार्यक्रममा गीत गाउन काठमाडौं आएकी सगुनलाई टिकटकमा पछ्याउँदै आएका अर्जुन पन्तले भेटे र सोही समयमा एउटा गीत गाउने प्रस्ताव राखे। गायिका बन्ने चाहना, त्यसैमा थिएल्बमको अफर आउँदा त साँच्चिकै भगवान् आए जस्तो भान भएको आचार्यले बताइन्। ‘सायदकमला घिमिरे र आयुषा गौतमलाई नदेखेको भए मेरो पनि इच्छा त्यतिकै खेर जान्थ्यो होला। उनीहरूलाई देखेपछि प्रतिभावान बालगायक गायिका पनि अगाडि बढ्न सक्दा रहेछन् भनेर विश्वास भयो र आफ्नो प्रतिभा निरन्तर प्रस्तुत गरेँ। जसले गर्दा आज एउटा एल्बमसमेत निकाल्न सक्षम भएकी छु’ सगुन भन्छिन्।

बाल प्रतिभालाई अगाडि बढाउँदै १२ वर्षदेखि निरन्तर गीत संगीत क्षेत्रमा लागेका पर्वत फलेवासका अर्जुन पन्तको शब्द संकलन तथा पन्त र सगुन आचार्यको गायनमा तयार भएको गल्ती के थ्यो खोईँ वैशाख ६ गतेदेखि बजारसमेत आइसकेको छ। यो एल्बमसँगै गायिकाबन्ने सगुनको यात्रा टिकटकमा मात्रै नभएर अबएल्बममै परिणत भएको छ। देशमा सगुन जस्ता हजारौं प्रतिभा लुकेका हुनसक्छन्। साँच्चिकै प्रविधिको सहीप्रयोग गर्न सक्ने हो भने प्रतिभावान बालबालिको भविष्य उज्ज्वल हुने देखिन्छ। त्यसैले बालबालिकालाई प्रविधिबाट वञ्चित होइन प्रविधिको सही प्रयोग गर्न सिकाउनेतर्फ सबैले सोचौं।

 

प्रतिक्रिया दिनुहोस्