न्युज अफ नेपाल, काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार पुर्याउने घोषणा गरेका थिए ।
नयाँ पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार रु नौ हजार ३८५ आधारभूत पारिश्रमिक र रु पाँच हजार ५१६ महँगी भत्ता गरी मासिक रु १५ हजार हुने छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक रु १३ हजार ४५० थियो ।
प्रतिक्रिया