हुण्डीको रकमसहित पक्राउ

0
Shares

मोरङ (नेस) ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा इलाकाबाट एपीएफ टोलीले हुण्डीको ११ लाख ५० हजार नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने अमोद यादव र भारतमा घर बताउने अभिषेक चौधरी छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरूलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उनीहरूको साथमा फेला परेको उल्लेखित रुपियाँको स्रोत खुलाउन नसकेपछि उक्त रुपियाँसहित पक्राउ गरिएको हो ।

त्यसबेला एपीएफ टोलीले निज यादवको साथमा ५ लाख रुपियाँ र निज चौधरीको साथमा ६ लाख ५० हजार रुपियाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपियाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ ।