काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कडाइकासाथ थप एक साता लम्ब्याइने

0
Shares

न्युज अफ नेपाल , काठमाडौँ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइने भएको छ । यसबारेमा आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल हुने बताइएको छ ।

थप एक साताका लागि लम्ब्याइने निषेधाज्ञामा अझै कडाई गरिने प्रसाशनले जनाएको छ । काेराेना महामारीको संक्रमण फैलिने क्रम बढेसँगै अस्पतालमा बेड अभाव सुरु भइसकेको छ । यसै समस्यालाई मध्यनजर गर्दै उपत्यकाको निषेधाज्ञा थप कडाइका साथ लम्ब्याइने जनाइएको हाे ।

जारी निषेधाज्ञा २२ गते (बुधबार) राति १२ बजेसम्म मात्र लागु हुने भएकाले थप निर्णयका लागि आज तीन जिल्लाका अधिकारीबीच बैठक बस्न लागेको हो ।