आज थप ७४४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

0
Shares

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आज मात्र सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित भएकोमा तीन हजार ६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

काठमाडौँ जिल्लामा दुई हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमित अहिलेसम्मकै देशभरिमा र उपत्यकामा सबभन्दा बढी हो ।

अहिलेसम्म नेपालमा तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् । आज एकै दिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।