काठमाडौंमा मात्र थप २०२२ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९२२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । आज भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २०२२ जना गरी २९२२ संक्रमित थपिएका हुन् ।

यस्तै आज देशभर थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन्।

गत २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।