काँचको पर्दामा डन्ट माइन्ड


हास्य अभिनेता तथा निर्माता निर्देशक निर्मल शर्मा तथाकला कर्मी कमल मैनालीको संयुक्त निर्देशन एवं कमल मैनालीको लेखनमा तयार भएको नयाँ हास्य टेलि फिल्म डन्ट माइन्ड बुधबारदेखि हिमालय टेलिभिजनमार्फत प्रसारणमा आएको छ।

म्युजिक नेपालको प्रस्तुति र हिमालय टेलिभिजनको सहकार्यमा निर्मित टेलि फिल्म त्यही समयमा म्युजिक नेपालको युटयुब च्यानलका साथै मःमएपमार्फत प्रसारण गरिएको छ। समाजका समसायिक तथा राजनैतिक विषय वस्तुलाई व्यंग्यको रूपमा प्रस्तुत टेलिफिल्ममा हरेक हप्ता अतिथि कलाकारहरूसमेत रहने निर्देश कशर्माले जानकारी गराए। टेलिफिल्ममा रविशर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनीताश्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, विश्वमणि घिमिरे, चिजकुमार श्रेष्ठ, सुमन गिरी, लक्ष्मण सिंह बस्नेत लगायतले अभिनयगरिरहेका छन्। निर्माता चिज कुमार श्रेष्ठ कार्यकारी निर्माता रहेको टेलिफिल्मको शीर्ष गीतमा कमल मैनालीको शब्दतथा राजिव लोहनीको स्वर तथा संगीत रहेको छ। त्यस्तै, राजु केसीको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ।