२४ घण्टामा ३५५६ जना कोरोना संक्रमित थपिए, १२ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ जना ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२४ हजार ४ सय जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।  यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३१७६ पुगेको छ ।