काठमाडौं उपत्यकाका सिडिओ छलफलमै, लकडाउनबारे आजै निर्णय हुने

0
Shares

काठमाडौं । कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् । तीनै जिल्लाका प्रजिअ सम्मिलित बैठकमा कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न तत्काल के गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए। “अहिले हामी छलफलमै छौँ, बुँदागत रुपमा छलफल भइरहको छ”, उनले भने, “केही समयपछि आधारिकारिक निर्णय सार्वजनिक गर्छौं ।”

सङ्क्रमण बढ्दै गएपछि तत्काल आवश्यक कदम चाल्न जनस्वास्थ्यविद्ले सरकारकालाई दबाब दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले आइतबार शहरी क्षेत्रमा ५०० र पहाडी क्षेत्रमा २०० सक्रिय सङ्क्रमित पुुग्नेबित्तिकै निषेधाज्ञा जारी गर्ने अख्तियारी स्थानीय प्रशासनलाई दिन मन्त्रिपरिषद्समक्ष सिफारिश गरेको छ । आजै अपराह्न ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।