२४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण, २८ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशरर ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ र

मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ । आज थप २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्