मिनी बस दुर्घटना हुँदा १५ जना घाइते

0
Shares

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चम्फापुर पोष्ट नजिक आज से १ ख ६२४ नम्बरको मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले साइड दिने क्रममा नियन्त्रण कायम गर्न नसक्दा सडक छेउमै पल्टीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो ।

बसमा सवार घाइते १५ जनामध्ये ११ को शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिक र टि एण्ड सि हस्पिटलमा उपचार भैरहेको छ । बाँकी चारमध्ये तीन जनालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ भने एक जनाको महाकाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । बस चालक प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।