पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर २६ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै १४ को मृत्यु भएको छ । देशभरका ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनाको र सीमा नाकामा गरिएको एन्टिजेन टेष्टमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कूल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

देशभर १६ हजार ८२८ संक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ । यस्तै शुक्रबा २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । भने थप ५ जनाको मृत्यु भएको थियो ।