केकी तीन दिनमै कोरोनामुक्त


नायिका तथा निर्मात्री केकी अधिकारीको रिपोर्ट पहिले पोजेटिभ र पछि नेगेटिभ देखिएको छ।पहिले नेगेटिभ र पछि पोजेटिभ रिपोर्ट आएपछि असमन्जस्यताका बीच केकीहोम आइसोलेसनमा बसेकी छिन्। ‘केही दिनअघिको हावापानी र वर्षापछि मलाई रुघाले समात्यो अनि २ रातलगातार ज्वरो पनि देखिए पछि मैले स्वाब परीक्षण गराएँ।

जसमामलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखें र तीन दिनपछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो’, केकीले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेकी छिन्– ‘रिपोर्ट नेगेटिभ नै देखिएपनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।’

केकीले सुझाएकी छिन्– ‘हामी सबैले अझै उच्च सतर्कताअपनाउनआवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामनागर्दछु। आफ्नो पनिख्याल राख्नुहोस् र अरुलाई पनिजोगाउनुहोस्।’ पछिल्लो समय नेपालमाकोरोना संक्रमणको दर अकस्मात् बढ्न पुगेको छ।