मदनकृष्णको परिवारलाई गुर्जो



काभ्रे, नेस ।

गुर्जो अभियानमा सक्रिय आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारलाई संक्रमणबाट छिटो मुक्त हुन निवासमै पुगेर गुर्जोकोे चिया खुवाउनुका साथै नियमित गुर्जो सेवन उपलब्ध गराएका छन्।

मदनकृष्णको परिवारका पाँचै सदस्यमा कोरोना पोजिटिभ देखिएपछि गुर्जो चिया र गुर्जोसहितको धूलो औषधि उपलब्ध गराएको राजलवटले बताए। सोही अवसरमा श्रेष्ठलाई अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने खालको प्राणायाम पनि गराएको उनले बताए। मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठलाई भ्रस्त्रिका प्राणायाम गराएको राजलवटले बताए।ललितपुरको सुनाकोठीस्थित श्रेष्ठ निवासमै गएर सेवा उपलब्ध गराएको उनले बताए। गुर्जो चिया र धूलो औषधि सेवनपश्चात् श्रेष्ठसहित परिवारका सदस्यमा खुसी आएको र फुर्तिलो महसुस भएको राजलवटले बताए।

प्रतिक्रिया दिनुहोस्