जान्वीको बिकनी अवतारलाई गाली


बलिउड अभिनेत्री जान्वी कपुर हालै माल्दिभ्सबाट छुट्टी मनाएर मुम्बई फर्किइन्। माल्दिभसमा आफ्नो साथीहरुका साथ मस्ती गरेर फर्केकी जान्वी मुम्बई फर्केपछि पनि मादिभ्समा रहँदा खिचेका आफ्नो बिकनी अवतारको फोटो सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन्। तस्वीरमा जान्वी निकै बोल्ड देखिएकी छिन्।

उनका फोटोहरुमा केहीआफ्यानले तारिफ गरिरहेका छन् भने धेरैले चाहिँ उनको यो अवतार मन पराएका छैनन्। हाल सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भइरहेको जान्वीको उक्त फोटोमा मानिसहरुले जान्वीलाई आफू श्रीदेवीको छोरी भएको कुरा नबिर्सन सल्लाह दिएका छन् भने धेरैले जान्वीबाट आफूूहरुले यस्तो तस्वीरको अपेक्षा नगरेको र उनलाई यस्तो अवतारमा नसुहाएको प्रतिक्रिया दिएका छन्।

हालै मात्र फिल्म रुहीमा राजकुमार राव तथा वरुण शर्माको साथ देखिएकी जान्वी अब छिट्टै गुड लक जेरी, तख्त तथा दोस्ताना–२ जस्ता ठूूला फिल्ममा देखिँदै छिन्। जान्वीका पछिल्लो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेपछि दर्शकले जान्वीबाट अझै राम्रो अपेक्षा राखेका छन्।