घट्यो सुनको मूल्य, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० सयले घटेर ८९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।