पर्यटन विभागमा होटल दर्ता अनिवार्य

0
Shares

रसुवा, (नेस) । 

लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत गोसाइँकुण्ड पदमार्गमा रहेका निजी होटल तथा निकुञ्जको जग्गामा सञ्चालन भएका होटल, लज तथा चिया पसलहरूले पर्यटन विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ ।

प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार निकुञ्ज भित्रका सम्पूर्ण होटल, लज तथा चिया पसलहरू बाह्रै महिना खुला गर्नुपर्न, पर्यटकलाई गुणस्तरीय सेवा सुविधा दिनुपर्ने, पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको पूर्ण विवरण राख्नुपर्ने, कुक, वेइटर, हेल्परका रूपमा काम गर्ने कामदारको पनि पूर्ण विवरण राखेर प्रत्येक महिना कार्यालयमा पेश गर्नुपर्नेछ ।त्यस्तै, आफ्नो व्यवसायका लागि बनाएको मेनु निकुञ्जमा आई प्रमाणित गर्नुपर्ने लगायतका निर्णय भएको अधिकृत रानाले बताउनुभयो ।