अनन्तमा कर्मा र लक्ष्मी जोडी


कुशल अभिनेता र अभिनेत्री कर्मा र लक्ष्मी बर्देवाको जोडी पहिलोपटक पर्दामा एक साथ देखिने भएका छन्। थिएटरबाट आएका दुवैले अनन्तमा एकसाथ काम गर्न लागेका हुन्। फिल्मको गत शनिबारदेखि भक्तपुरमा सुटिङ सुरु भएको छ। क अर्काको प्रशंसक बताउने कर्मा र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म गर्ने रहरले आएको प्रस्ताव सकारेको बताए। कर्माले भने, ‘म लक्ष्मीको थिएटरको समयदेखिकै प्रशंसक हुँ।

पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि उत्तिकै राम्रो काम गरिरहनु भएको छ। यो फिल्ममा सँगै काम गर्न पाउँदा उत्साहित छु।’ लक्ष्मीले पनि कर्मासँग काम गर्नु आप्mनो लागि बोनस भएको बताइन्। ‘लकडाउनको समयमा मैले कम्तीमा दसवटा जति स्क्रिप्ट पढेँ। कतिमा पैसाको कुरा नमिलेर गरिन, कतिमा भूमिका चित्त नबुझेर काम गरिन। यसको कथा र टिम मन परेर काम गर्दैछु। यही फिल्ममा कर्मँसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु’ उनले भनिन्, ‘किनकि उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो।’

टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन्। अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन्। उनले फिल्मले आप्mनो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए। ‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा त्यही नै हो। तर यसलाई हामीले साइफाइ प्mलेबर दिएका छौँ’ जेसनले भने। जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको जनाउँदै उनका इन्सेप्सन, टेनेटजस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै अनन्त लेखेको बताए।

फिल्मको पटकथा जेसनले नै लेखेका छन् भने बबिन दुलालले छायांकन गरिरेका छन्। किपालय प्रडक्सनको ब्यानर तथा नवविजय श्रेष्ठको लगानीमा निर्माधिन फिल्ममा रन्जन ढुंगाना र शीतल खड्का सह निर्माता छन् तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माता छन्। रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसर रहेका छन्।