भारतमा फेरि कडा लकडाउन हुने

94
Shares

मुम्वई, (एजेन्सी)

पश्चिमी भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले यदि कोभिड १९ संक्रमणका घटनामा कमी नआए फेरि कडा लकडाउन लगाइन सक्ने चेतावनी दिएका छन् । उनले मानिसहरुले स्वास्थ सुरक्षा सम्बन्धी नियमहरु गम्भीर ढंगले पालना गर्न नसकिरहेको र केहि सातामा नै राज्यको स्वास्थ प्रणाली अपर्याप्त हुनसक्ने बताएका छन् ।

शुक्रवार मात्रै महाराष्ट्रमा ४७ हजार ८ सय २८ जना नयाँ संक्रमित फेला परेका थिए । टेलिभिजन मार्फत सम्बोधन गर्दै ठकरीले भनेका छन् , ‘ यसलाई तपाईंहरले मेरो चतावनी नै सम्झनु भए हुन्छ । यदि अबका केहि दिनमा पनि परिस्थिती त्यहि रहिरह्यो भने म पूर्ण लकडाउन घोषणा गर्नेछुं । कोरोना भाइरसको खोप लगाइसकेका केहि मानिसहरुमा पनि संक्रमण देखिएको छ । किनभने तिनीहरुले मास्क लगाउन छाडेका छन् । ’

गत आइत्वार नै ठाकरीले मानिसहरुले सुरक्षा नियमहरु वेवास्ता गरिरहेको पाइएकाले लकडाउन लागु गर्ने योजनाको तयारी गर्न सरकारी अधिकारीहरुलाई अनुरोध गरेका थिए । तर संभावित लकडाउनको विपक्षी राजनीतक पार्टीहरु , नागरिक समुहका सदस्य तथा सरकारी क्षेत्रबाट समेत विरोध भइरहेको छ । पुणे शहरमा एक साताका लागि कफ्र्यु लगाउने र धार्मिक स्थल , होटेल , वार , सपिंंग मल तथा सिनेमाघरहरु बन्द गर्ने निर्णय भइसकेको छ ।

यसैगरी सरकारले महामारी नियन्त्रण गर्ने उद्देश्यले पिसिआर र -यापिड एन्टिजेन टेस्टको शुल्क घटाएको छ । भारतभरि अहिलेसम्म १ करोड २२ लाख भन्दा बढि मानिस संक्रमित भइसकेकाछन् भने मृतकको संख्या १ लाख ६३ हजार नाघिसकेको छ ।