तोलामा ५०० ले घट्यो सुनको मूल्य


काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।