तोलामा २ सयले घट्यो सुनको मूल्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ । आईतबार प्रतितोला ८७ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतबार तोलको १२ सय ८० रुपैयाँ कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।