उकालो लाग्यो सुनको मूल्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । तोलामा ५ सय रुपैंयाले वृद्धि भएसँगै शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैंयामा कारोबार भएको छापावाल सुन आज प्रतितोला ८७ हजार २ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावीको सुन प्रतितोला ८६ हजार ७५० रुपैंया कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैंयाले बढेको छ । चाँदी प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।