बढ्यो सुनको मूल्य, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज सुनको मूल्य तीन सयले बढेको छ । बुधबार प्रतितोला ८६ हजार ९ सयमा कारोवार भएको छापावाल सुनको मूल्य आज तीन सयले बढेर

प्रतितोला ८७ हजार २ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ७५० कारोवार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबावार भएको चाँदीको मूल्य आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।