प्रतापदासको खुशी

0
Shares

गायक प्रताप दासको स्वरमा रनयाँ गीत खुशीको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा राज केसीको शब्द रहेको छ।

जीवन रसाइलीद्वारा संगीतबद्ध गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। युवायुवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको म्युजिक भिडियोमा राज केसी र अस्ट्रेलियन मोडेल एबी फिचर्ड छन्। अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँमा छायांकन भएको भिडियो जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो।