सुनचाँदीको मूल्य वृद्धि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

बुधबार ८६ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले वृद्धि भएसँगै ८६ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेक नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको तोलाको ८६ हजार ३५० सयमा कारोवार भइरहेको छ ।

बुधबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोवर भएको चाँदीको मूल्य १५ रुपैयाँले बढेर आज १२ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।