बलिउड सुन्दरीका फलोअर्स करोडका करोड


बलिउड फिल्म जगत्मा पहिला पहिला हिरोहरुको दबदबा रहने गथ्र्यो, चाहे त्यो लोकप्रियताको आधारमा होस् या अभिनयको आधारमा होस्। तर अहिले जनामा फेरिएको छ। अभिनेत्रीहरु पनि अभिनय र लोकप्रियताका आधारमा अभिनेताभन्दा कम छैनन्।

अझ उनीहरु अभिनेताभन्दा पनि बढी लोकप्रिय छन्। हिजोआज लोकप्रियताको मापन सामाजिक सञ्जालमा फ्यान फलोइङको आधारमा गरिन्छ। बलिउडमा केही त्यस्ता हिरोइन छन्, जसको सामाजिक सञ्जालमा रहेको फ्यान फलोइङको सख्या नाम चलेका हिरोभन्दा निकै बढी छन्। फ्यान फलोइङको आधारमा हिरोलाई पनि पछाडि पार्ने हिरोइनहरुमा प्रियंका चोपडा, श्रद्धा कपुर, दिपिका पादुकोण, आलिया भट्टलगायत पर्छन्। उनीहरु सोसल मिडिया क्विन कहिलिएका छन्।

प्रियंकाको फलोअर्स सबैभन्दा बढी


सबैभन्दा बढी फ्यान फलोइङ हुने अभिनेत्रीमा प्रियंका चोपडा पर्छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंकाको ६ करोड ९ फलोअर्स रहेका छन्। प्रियंका अन्य भारतीय सेलिब्रेटीभन्दा फ्यान फलोअर्सको आधारमा अग्रस्थानमा छिन्। सन् २००३ मा फिल्म द हिरोमार्फत बलिउड डेब्यु गरेकी प्रियंका हलिउडमा समेत प्रख्यात छिन्।

श्रद्धाको फलोअर्स झन्डै ६ करोड

धेरै फिल्ममा काम नगरे पनि अभिनेत्री श्रद्धा कपुरको सामाजिक सञ्जालमा धेरै फ्यान फलोअर्स रहेका छन्। उनी यस सूचीको दोस्रो नम्बरमा पर्छिन्। उनलाई ५ करोड ८३ लाख इन्स्टाग्राम प्रयोगकर्ताले फलो गर्छन्। केही समय अघिसम्म प्रियंका, दिपिका पादुकोण तथा आलिया भट्टपछि चौथो नम्बरमा रहेकी श्रद्धा दिपिका र आलियालाई पछि पार्दै यो सूचीको दोस्रो नम्बरमा आउन सफल भएकी हुन्।

५ करोड बढीले पछ्याउँछन् दिपिकालाई

बलिउडका केही अभिनेताको भन्दा पनि बढी पारिश्रमिक लिने अभिनेत्री दिपिका पादुकोणको इन्स्टाग्राममा भने ५ करोड २४ लाख फलोअर्स छन्। उनी इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिएको अभिनेत्रीको लिस्टमा तेस्रो नम्बरमा पर्छिन्। दिपिका पनि बलिउड मात्र नभई हलिउडमा समेत प्रख्यात अभिनेत्री हुन्।

आलिया चौथो नम्बरमा

अभिनेत्री आलिया भट्टको इन्स्टाग्राममा ५ करोड ११ लाख फलोअर्स छन््। आलिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका कारण उनका फ्यानहरुले उनको गतिविधि सामाजिक सञ्जालमार्फत नियालिरहेका हुन्छन्। उनी यस सूचीको चौथो नम्बरमा छिन्।