त्रिशूलीमा ट्रक खस्दा दुईको मृत्यु


धादिङ, (नेस) ।

रुपन्देही जिल्लाको भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ट्रक मंगलबार धादिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।पृथ्वीराजमार्गको बेनीघाटबाट लु१ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ । दुर्घटनामा परेको सवारीसाधन त्रिशूली नदीमा परेको छ । दुर्घटनापछि सिमेन्टसमेत नष्ट भएको छ ।