सुनचाँदीको मूल्यमा गिरावट

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमवार प्रतितोला ८६ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सयले घटेर ८५ हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य ८५ हजार १ सय ५० कायम गरिएको छ । सोमवार प्रतितोला १२ सय ६५ मा कारोवार भएको चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेसँगै १२ सय ५५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।