मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड


न्युज अफ नेपाल , काठमाडौं । अमेरिकी दूतावासले मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनले गर्दै आएको कामको लागि बिहीवार दूतावासले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् । नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दूतावासले जनाएको छ ।